नेपाल ह्योल्मो समाज सेवा संघद्वारा हार्दिक बधाई तथा शुभकामना सन्देश ब्यक्त

सिन्धुपाल्चोक हेलम्बु धाक्पाखर्ककी कान्छी डोल्मा ह्योल्मो,विश्वको सर्बोच्च सगरमाथा शिखरमा पुगे ,प्रथम ह्योल्मो महिला सगरमाथा आरोहीको नाम राख्न सफल

श्याम तामाङ
तामाङपेज,काठमाडौ,नेपाल ।

नेपाल ह्योल्मो समाज सेवा सङ्घ केन्द्रीय कार्य समितिका अध्यक्ष पेमा ज्याबा ह्योल्मो र महासचिव केसाङ लामा ह्योल्मोले सिन्धुपाल्चोक हेलम्बु धाक्पाखर्ककी कान्छी डोल्मा ह्योल्मोले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाईला टेकी प्रथम ह्योल्मो महिला सगरमाथा आरोहीको किर्तिमान कायम गर्न सफल हुनु भएकोमा आईतबार बधाई तथा शुभकामना सन्देश जारी गरेको छ।

जारी बधाई तथा शुभकामना सन्देशमा सम्पुर्ण अल्पसंख्यक ह्योल्मो आदिवासी जनजातिहरुको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकास्थित धाक्पाखर्ककी प्रथम ह्योल्मो महिला सगरमाथा आरोही ,यस नेपाल ह्योल्मो समाज सेवा सङ्घका केन्द्रीय आजीवन सदस्य कान्छी डोल्मा ह्योल्मोले मेरो अभियान ह्योल्मोको पहिचान भन्ने मुलनाराकासाथ विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण जस्तो साहसिक एबम महान कार्य स:कुशल सफलतापुर्वक सम्पन्न गर्नु भै सम्पुर्ण अल्पसंख्यक ह्योल्मो जातिको नाम उच्च राख्न सफल हुनु भएकोमा सम्पुर्ण ह्योल्मो जातिको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौ ।

साथै,सम्पुर्ण ह्योल्मो आदिवासी जनजातिहरुको एकमात्र जातिय संगठन नेपाल ह्योल्मो समाज सेवा सङ्घलाई विश्व सामु चिनाउनु भएकोमा विशेष आभार ब्यक्त गर्दै उहाँको हरेक पाईला पाईलामा सफलता नै सफलता प्राप्त गर्न सकोस र उहाँलाई शुख,शान्ति ,सु: स्वास्थ्य,दिर्घायु एबम उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ भन्ने हार्दिक बधाई तथा शुभकामना सन्देश उल्लेख गरिएको छ ।

सिन्धुपाल्चोक हेलम्बु धाक्पाखर्ककी कान्छी डोल्मा ह्योल्मोले जेठ ९ गते बिहान ५ बजेर २० मिनेट जादा विश्वको सर्बोच्च शिखर सगरमाथामा पाईला टेक्न सफल भएकी थिईन।

प्रकाशित: समय: 1:52:27  1411पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार