सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पि.एस.गोले सिक्किमको मुख्यमन्त्रीमा नियुक्त

सिक्किमका राज्यपाल गङगाप्रसादद्वारा पद तथा गोप्यनियता सपथ ग्रहण

श्याम तामाङ
तामाङपेज,काठमाडौ ,नेपाल ।

भारतको सिक्किम प्रान्तमा एक छत्र राज गरेका निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको २५ वर्षे शासनलाई हटाउन सफल भएको छ ।

बिहिबार सम्पन्न विधान सभा निर्वाचनको कुल ३२ सिटमध्ये सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पि.एस.गोलेको नेतृत्वमा रहेको दलले १७ सिटमा जित हासिल गरेपछी स्पष्ट बहुमत प्राप्त गरेको हो ।

सोमबार सिक्किम गान्तोक राजभवनका राज्यपाल गङगाप्रसादबाट सिक्किम प्रान्तको मुख्य मन्त्रीमा नियुक्त पत्र सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष एबम बिधान सभाका सदस्य पि.एस.गोलेलाई नियुक्त गरेको लिखित पत्र प्रदान भएको छ ।

सिक्किमको मुख्य मन्त्रीमा पि.एस.गोले,मुख्य मन्त्रीमा सिक्किम गान्तोकका राज्यपाल गङगाप्रसादबाट पद तथा गोप्यनियताको सपथ ग्रहणपस्चात नियुक्त भएपछी विश्वभरका तामाङ दाजुभाई तथा दिदिबहिनिहरुमा खुशियाली हुँदै, हार्दिक बधाई सहित सफलताको लागि सामाजिक सन्जाल ,विभिन्न माध्यमबाट तामाङ जनमानसको तर्फबाट बधाई ज्ञापन गरि खुशियाली मनाई रहेका छन् । हाम्रो तर्फबाट पनि सिक्किमको मुख्यमन्त्रीमा पि.एस.गोले नियुक्त हुनु भएकोमा सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दछ ।

प्रकाशित: समय: 12:52:30  839पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार