नेपाल आदिवासी जनजाती महासङ्घ दक्षिण कोरियाको राजनितिक सल्लाहकारमा किशोर ब्लोन तामाङ नियुक्त

महासङ्घ दक्षिण कोरियाको आईतबार सम्पन्न छैठौ बैठकले निर्णयले नियुक्ती गरेको

श्याम तामाङ
तामाङपेज,काठमाडौ ,नेपाल ।
नेपाल आदिवासी जनजाती महासङ्घ दक्षिण कोरियाको आईतबार सम्पन्न छैठौ कार्य समितिको बैठकले मकवानपुर हेटौंडा ,सानो पोखरा स्थायी घर भै हाल दक्षिण कोरियामा वैदेशिक रोजगारमा कार्यरत युवा बुद्धिजीवी एबम सामाजिक अभियन्ता किशोर ब्लोन तामाङ (नियोग)लाई राजनैतिक सल्लाहकारमा नियुक्त गरेको छ ।

महासङ्घका अध्यक्ष युगेल तेण्डुप शेर्पा र महासचिव गोविन्द नाछिरिङ राईद्वारा हस्ताक्षरित प्रमाण पत्र,नेपाल आदिवासी जनजाती महासङ्घ दक्षिण कोरियाले छैठौ बैठकको अवसरमा प्रदान गरेको हो ।

राजनैतिक सल्लाहकारमा नवनियुक्त ३५ वर्षिय किशोर ब्लोन तामाङ,विगत तीन वर्ष देखि दक्षिण कोरियामा कार्यरत रहेपनी विगत लामो समयदेखी नेपालको राजनितिक अवस्थालाई नजिकबाट नियालेका एक युवा नेतृत्व,बुद्धिजीवी एबम सामाजिक अभियन्ताको रुपमा चिरपरिचित ब्यक्तित्व समेत हुनुहुन्छ ।

प्रकाशित: समय: 11:30:11  939पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार