गायक जिविहाङ राई तथा गायिका किशु गुरुङको आवाजमा मौलिक पूर्वेली गीत बजारमा सार्वजनिक


पूर्वेली लोक गीत संगीतको विकाशमा निरन्तर क्रियाशिल गायक जिविहाङ राई तथा गायिका किशु गुरुङको आवाजमा मौलिक पूर्वेली गीत बजारमा सार्वजनिक भएको छ।
संगीतकार डि आर अटुको पूर्वेली गीत दिक्तेल बजार, एक्ले बर,चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पूर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत ‘ सोल्टिनी ज्यू’ गीतको भिडियो बजारमा आएको हो।
दिल दिवाना राईको शब्द सिर्जना रहेको मौलिक पनलाई गीतमा समेटेर पूर्वेली भाकाको विकाशका लागि केही योग्दान पुग्ने भन्ने विश्वास आफूलाई लागेको गायक राईले बताए ।
नवराज उप्रेतीको छायाँकन,अमृत चापाँगाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ भने मरिष्का पोखरेल, उमेश राईको अभिनय तथा नृत्य रहेको छ ।

सोल्टिनी ज्यु गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

https://youtu.be/D6r3wx4I0JQ

प्रकाशित: समय: 11:21:42  644पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार