ह्योल्मो समाज इजरायलले हार्दिक बधाई तथा शुभकामना प्रकाशन गर्यो

सिन्धुपाल्चोक हेलम्बु धाक्पाखर्ककी प्रथम ह्योल्मो महिला सगरमाथा आरोही कान्छी डोल्मा होल्मोले सगरमाथा आरोहण गर्न सफल भएकोमा खुशी ब्यक्त

श्याम तामाङ
तामाङपेज,काठमाडौ ,नेपाल ।
ह्योल्मो समाज इजरायलले आईतबार हार्दिक बधाई तथा शुभकामना ज्ञापन प्रकाशन गरेको छ ।

ह्योल्मो आदिवासी जनजातिहरुको प्रतिनिधित्व गर्दै,सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकास्थित धाक्पाखर्क निवासी प्रथम ह्योल्मो महिला सगरमाथा आरोही कान्छी डोल्मा ह्योल्मोले मेरो अभियान ह्योल्मोको पहिचान सङग सङ्गै भन्ने मुल नाराकासाथ २३ मे २०१९ बिहिबार बिहान ५ बजेर २० मिनेटको समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण जस्तो साहसिक कार्यमा स:कुशल सफल गर्नु भइ विश्वका ह्योल्मो समुदायको नाम उच्च राख्न र इतिहासमा सगरमाथा आरोही प्रथम ह्योल्मो महिलाको नाम लेख्न सफल हुनु भएकोमा ह्योल्मो समाज इजरायल हार्दिक बधाई ब्यक्त गर्दछौ भनेर लेखिएको छ ।

साथै यहाँले सगरमाथा आरोहण गरि सम्पुर्ण ह्योल्मो समुदायको भेषभुषा धर्म ,कला,संस्कृती,परम्परा समेटेको ह्योल्मो समाज इजरायल लगायत विभिन्न ह्योल्मो संघ,संस्थाको लोगो सहितको ब्यानरलाई विश्वको शिखर सगरमाथाको चुचुरोमा फहराउन सफल हुनु भएको प्रती हामी इजरायलमा कार्यरत ह्योल्मोहरु तथा तपाईका यहाँ हुदाका साथिहरु तथा सिङ्गो ह्योल्मो समुदाय यहाँको यस कार्यप्रती गर्व गर्दछौ भने इतिहासमा उच्च नाम राख्ने यस्ता महान कार्यलाई साहसिक रुपमा सफल गर्नु भएकोमा ह्योल्मो समाज इजरायल परिवारको तर्फबाट पुन हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।

आगामी दिनहरुमा पनि यहाँको यस्तो महान कार्यहरुमा सदैव प्रगती भैइरहोस तपाईको हरेक पाईलाले सफलताको शिखर चुम्न सफल रहोस तपाईको अभियानको उच्च मुल्यांकन प्राप्त गर्न सकोस र यहाँको शुख शान्ती र सु: स्वास्थ्य तथा दिर्घायु एबम उत्तरोउत्तर प्रगतिको लागि ह्योल्मो समाज इजरायल सदैव साथ रहि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ भनेर ह्योल्मो समाज इजरायलका अध्यक्ष सर्किनी ज्याबा ह्योल्मो र महासचिव समीर श्याङबा ह्योल्मोले हस्ताक्षर गरि संस्थागत रुपमा बधाई तथा शुभकामना जारी गरेका छन् ।

प्रकाशित: समय: 10:35:36  720पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार