पाँचथर हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १३ वर्षिय सीता खजुमलाई आर्थिक सहयोग


गैर आवासीय नेपाली संघ मलेसियाको २५ मे २०१९ तारिख शनिवारको दिन संस्थाका अध्यक्ष खगेन्द्र न्यौपानको अध्यक्षतामा बैठक सम्पन्न भएको छ र बैठकले आगामी सेप्टेम्बर-०१ आइतबारको दिन छैटौं अधिबेशन गर्ने निर्णय समेत गरेको हो।

एन.आर.एन.ए मलेसियाको पंजिकृत सदस्यका लागि छैटौं अधिबेशन अगाडी अर्थात जुलाई २७ शनिवार-५.०० बजे सम्म लाई नविकरण तथा नयाँ सदस्य बितरणको समय तोकिएको बर्तमान अध्यक्ष खगेन्द्र न्यौपाने र महासचिव सुन्दर आलेद्वारा हस्तक्षरित प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै गैर आवासिय नेपाली संघ मलेसियाले पाँचथर मिक्लाजुङ–३ मा भएको हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १३ वर्षिय सीता खजुमलाई शिक्षाको निम्ति रु १,००,००० (एक लाख रुपियाँ) सहयोग प्रदान गर्ने घोषणा पनि गरेको छ। भने उक्त वैठकले मलेसिया एनआरएनए कल्याणकारी कोष तथा एसिया प्यासिफिक भेलामा कवुल गरिएको रकम २७ जुलाई २०१९ सम्म उठाउने निर्णय समेत भएको छ।
प्रेस बिज्ञप्ती
img src=”https://www.tamangpage.com/wp-content/uploads/2019/05/FB_IMG_1558949703621-212×300.jpg” alt=”” width=”212″ height=”300″ class=”alignnone size-medium wp-image-7498″ />

प्रकाशित: समय: 9:59:10  688पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार