देन्ब मायाको छायांकन सकियो

सम्पादन कार्य धमाधम

श्याम तामाङ
तामाङपेज,काठमाडौ ,नेपाल ।

नेपाली गीत सङ्गीतमा तामाङ कलाकारहरुको पनि वर्चस्व रहेको छ । यस्तै गरि शब्द पदम दोङ,सङ्गीत निमा दोङ ,स्वर गायक निमा दोङ ,गायिका जितु लोप्चन ,एरेन्ज मिक्सिङ दिपेश प्रधान,निर्देशन दीपक तामाङ ,क्यामरामा अभिषेक माझी को रहेको देन्बा मायाको छायांकन सम्पन्न भएको छ । म्युजिक नेपालको स्टुडियोमा रेकर्डिङ गरेको देन्ब मायालाई को म्हेन्दो मिडियाको प्रस्तुति केही हप्ताभित्रमा नै नेपाली गीत,सङ्गीतको बजारमा देखा पर्न लागेको छ ।

स्वर,सङ्गीत दिनु भएका गायक निमा दोङका अनुसार निर्माता प्रदीप मोक्तान तामाङको रहेको देन्ब मायाको म्युजिक भिडियोमा प्रदीप मोक्तान ,म्हारम्हेन गोले तामाङले अभिनय गरेका छन् ।

यस म्युजिक भिडियोको छायांकन दोलखाको पर्यटकीय तथा रमणिय स्थल कालिन्चोक ,खरिढुङ्गामा गरिएको हो ।

प्रकाशित: समय: 5:33:28  1040पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार