चेलीको जवानी लगातार लुटियो।


गजल
चेलीको जवानी लगातार लुटियो।
काटेर गला सुनको हार लुटियो।।

अझै पनि चुप बसी रह्यो मेरो देश।
विदेशीले सिमानाको बार लुटियो।।

गरीबलाई विना गल्ति आरोप लगाई।
किनेर कानुन धनीले सरकार लुटियो।।

जता ततै विद्रोह मच्चिएको छ अझै।
विद्रोहीबाट पुलिसको हतियार लुटियो।।

पुर्खाको रगत बगेर बचेको जमिन पनि।
टनकपुर महाकाली वार पार लुटियो।।

जितमान तामाङ
काभ्रे पलान्चोक, हाल खाडी मुलुक

प्रकाशित: समय: 2:00:52  726पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार