तामाङ भाषाको कथा संग्रह छारम्रापको विमोचन तथा अन्तरसंवाद


तामाङपेज सम्बाददाता
तामाङ साहित्यमा कलम चलाउदै आउनु भएका एक सर्जक यकिना अगाधद्वारा लिखित तामाङ भाषाको कथा संग्रह छारम्रापको सार्वजनिक भएको छ ।
नेपाल तामाङ घेदुङको सभा कक्ष चुच्चेपाटी काठमाडौंमा जेष्ठ ११ गते दिनको २ बजे थेबा बुक्सको आयोजनामा सार्वजनिक गरिएको हो । उक्त छारम्रापको तीन जना क्रमश : टिप्पणीकार निष्णु थिङले तामाङ समाज र त्यो भित्र पनि नारी प्रति हेर्ने वास्तविक दृष्टिकोणलाई कथाको माध्यामबाट प्रष्ट पारिएको बताए । शान्ति लामाले तामाङ समाजमा भएको वास्तविक घट्नाको याद आएको छ । साँच्चै नै वितेका समयको याद दिलाउने कथा रहेको भन्दै भावुक भईन् । अर्को टिप्पणीकार दुपवाङ्गेल मोक्तानले कथा छोटो मीठो अनि वास्तविक घटना समेटिएको छ भन्दै कथाकारले अझै सुधार गर्नु पर्ने पक्षको सुझाब दिदै कथाकारलाई धन्यबाद दिए।

सर्जक यकिना अगाधले विगत लामो समय देखि साहित्यिक क्षेत्रलाई निरन्तरता दिइरहेको छन् । २०६१ सालमा प्रकाशित छोन्बो नाम्सा (जिउँदो गाउँ) गजल संग्रह पछिको यो दोश्रो कथा सङ्ग्रह रहेको छ ।
तामाङ साहित्यिक प्रकाशन गर्दै अघि बढ्ने कवि मुक्तान थेबाले स्वागतको क्रममा जानकारी दिए। कार्यक्रम संचालन अर्जुन बहादुर तामाङले गरेका थिए।

प्रकाशित: समय: 17:17:50  880पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार