रामेछाप मन्थली नगरपालिका -११ गेलुले एम्बुलेन्स खरिद गरि ल्यायो

केही दिनमा नै एम्बुलेन्स सेवा प्रारम्भ गर्ने गेलुका वडाअध्यक्ष जित घिसिङ तामाङद्वारा जानकारी

तामाङपेज सम्वाददाता ।
रामेछाप ।

मन्थली नगरपालिका-११ गेलुले आर्थिक वर्ष ०७५/०७६ को वडा कार्यालयको बजेटबाट एम्बुलेन्स खरिद गरि ल्याएको छ ।

मन्थली -११ गेलुका वडाअध्यक्ष जित घिसिङ तामाङकानुसार वडाको रु.१० लाख ५० हजार लागतमा एम्बुलेन्स खरिद गरि ल्याएको र केही दिनमा नै गेलुबासी र आसपासका बासिन्दालाई एम्बुलेन्स सेवा पुर्याउने जानकारी दिनुहुदै,एम्बुलेन्स संचालनको लागि प्राथमिक स्वास्थ्य केन्द्र गेलुको मातहातमा एम्बुलेन्स नम्बर बा.२ झ ४४६२ नम्बरको एम्बुलेन्स संचालक समिति गठन गरि सेवा दिने जनाएका छन् ।

प्रकाशित: समय: 12:32:35  813पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार