इकुडोलमा १० दिने कुक सम्बन्धि सीप विकास तालिम सम्पन्न


तामाङपेज संवाददाता ।
ललितपुर ।

वाग्मती गाउँपालिका-५ इकुडोलमा घरेलु तथा उद्योग कार्यालय ललितपुरको आयोजनामा युवा उद्यमशिलता विकास तथा औद्योगिक जनशक्ति सृजना कार्यक्रम अन्तर्गत ०७५/०७६ को तालिम माझखण्डमा आयोजित १० दिने कुक सम्बन्धि सीप विकास तालिम वडा कार्यालयको सभा कक्षा इकुडोलमा आईतबार सम्पन्न भएको छ ।

वाग्मती -५ इकुडोलका वडाअध्यक्ष साजन दर्लामी मगरकानुसार वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनको प्रमुख आतिथ्यमा इकुडोलका १५ जना प्रशिक्षार्थीहरुलाई गाउँपालिका अध्यक्ष लोप्चनले घरेलु तथा उद्योग कार्यालय ललितपुरका कर्मचारी ,वडाका जनप्रतिनिधि र स्थानिय बासिन्दाको उपस्थितिमा प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रकाशित: समय: 11:35:20  675पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार