सोलुखुम्बुकी एकल महिलाद्वय निमाडोमा र फुरदिकी शेर्पा विश्वको अग्लो सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल

विश्वभरका शेर्पा समुदायमा खुशिको माहोल

श्याम तामाङ
तामाङपेज,काठमाडौ ।

विशेष गरि विश्वमा शेर्पा समुदायहरु प्राय सगरमाथा आरोहण गर्ने नेपालको आदिवासी जनजाति मध्ये शेर्पा जातिलाई चिन्न सकिन्छ । जस्का कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको नामलाई उल्लेखनीय रुपमा चिनाउन पनि शेर्पा जातिको ठूलो देन छ । हिमाल आरोहण गर्ने क्रममा श्रीमान गुमाएका दुबै आरोहीले श्रीमान बित्दाको पीडा भोग्दै ,सोलुखुम्बु जिल्ला,पासाङ खुम्बु गाउँपालिका-४ खुम्जुङकी एकल महिलाद्वय निमाडोमा र फुरदिकी शेर्पाले पनि साहस,आटकासाथ विश्वको सर्वोच्च शिखर सगरमाथामा जेष्ठ ९ गते बिहान ५ बजेर २५ मिनेट जादा पाईला टेक्न सफल भएकी हुन् ।

हामी पनि गर्न सक्छौ भन्ने मूल नारा बोकेको ब्यानर,नेपालको झण्डालाई फहराउदै ,शेर्पा पहिरनमा निमाडोमा र फुरदिकी शेर्पाले ऎतिहासिक सफलता प्राप्त गर्नु भएको छ ।
यो जेष्ठ महिना सगरमाथा आरोहण गर्न धेरै आरोहीहरुले सफलता हासिल गरेका छन् ।

प्रकाशित: समय: 10:54:36  537पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार