रसुवामा न्यायिक समितिद्वारा प्रहरी चौकिलाई मोबाइल सेट,सिमकार्ड प्रदान


तामाङपेज संवाददाता ।
रसुवा।

नौकुण्ड गाउँपालिकाको न्यायिक समितिले पारच्याङ प्रहरी चौकीलाई मोबाइल सेट तथा सिमकार्ड प्रदान गरेको छ ।

न्यायिक समितिकी संयोजक सिर्जना लामाले पारच्याङ प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक रामयकवाल यादवलाई मोबाइल सेट तथा सिमकार्ड प्रदान गर्नुहुदै जति पटक प्रहरी ईन्चार्ज परिवर्तन हुन्छ ,त्यति नै पटक मोबाईल नम्बर परिवर्तन हुने समस्याबाट स्थायी समाधानको लागि मोबाइल सेट र सिमकार्ड प्रदान गर्नु भएको प्रष्ट्याएकी छिन् ।

सामुदायिक मेलमिलाप केन्द्रले दुई वर्षभित्र नौकुण्ड गाउँपालिकाको ६ वटै वडामा गरेको कामको समीक्षा ,देबानी प्रकृतिका विवादहरुको मेलमिलाप जस्ता उपलब्धिमूलक कार्यहरु गरेको संयोजक लामाले बताउनु भएको छ ।

प्रकाशित: समय: 10:18:30  522पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार