तामाङपेज सम्वाददाता ।
ललितपुर ।
महाङकाल गाउँपालिका – २ मानिखेलमा वडा कार्यालयको आयोजनामा शुक्रबारदेखी महिला क्षमता तथा नेतृत्व विकास तालिम शुरु भएको छ ।
मानिखेलका महिला समुहका अध्यक्ष,सचिव ,प्रतिनिधि,वडा सदस्य गरि ४० जना महिलाहरुको सहभागिता रहेको महाङकाल -२ मानिखेलका वडाअध्यक्ष सन्चमान स्याङतान तामाङले जनाएका छन् ।
तालिम ब्यवस्थापन समितिका संयोजक हिरामाया स्याङतान तामाङले महिलामा निडरता सङ्गै आत्मबल बढेको बताए ।
स्थानिय मानिखेल हेल्थ पोष्टकी अनमी निरु गोले तामाङले महिलाको क्षमता विकासमा थप मजबुध र बल मिल्ने बताएकी छिन् ।
शुक्रबारदेखी शुरु भएको तालिम मंगलबार समापन हुने उक्त तालिमको सहजीकरण र प्रशिक्षण संचारकर्मी नवराज संजेलले गर्नु भएको छ ।