पत्रकार कल्पना महर्जनले दोश्रो पटक विश्वको अग्लो सगरमाथाको चुचुरोमा पाईला टेक्न सफल

ललितपुरमा खुशियाली

तामाङपेज संवाददाता ।

ललितपुर । सिद्धिपुर थसीकी राष्ट्रिय पर्यटन पत्रकार संघकी केन्द्रीय कोषाध्यक्ष एबम पत्रकार कल्पना महर्जनले विश्वको अग्लो सगरमाथाको चुचुरोमा दोश्रो पटक पाईला राख्न सफल भएकी छिन् ।

वि.सं.२०७५ जेष्ठ ९ गते नेपालको मोहडाबाट विश्वको अग्लो चुचुरो सगरमाथामा पहिलो पटक शिक्षाको माध्यमबाट बालबिबाहको रोकथाम भन्ने नारा अङ्कित ब्यानर पुर्याएर नेपाली पत्रकार माझ चर्चा चुमेकी पत्रकार कल्पना महर्जनले यो पल्ट २०७६ जेष्ठ ९ गते नेपाली समयनुसार बिहान १० बजेर २० मिनेट जादा चीनको तिब्बती उत्तरी मोहडाबाट दोश्रो पटक विश्वको सर्बोच्च शिखर सगरमाथामा पाईला टेक्न सफल भएकी छिन् ।

आरोहण ब्यवस्थापनको जिम्मा लिएको कम्पनी एक्स्पिरेन्स आउटडोर्स नेपालका प्रबन्ध निर्देशक रबिन्द्र महर्जनकानुसार पत्रकार एबम आरोही कल्पनालाई ललितपुर महानगरपालिकाको नाम ,लोगो र नेपाली बाङमय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशिको १०० औं जन्म दिनको अवसरमा ब्यानर र नेपालको झण्डा दोश्रो पटक सगरमाथा आरोहण गर्दा फहराईएको,विशेष आर्थिक सहयोग ललितपुर महानगरपालिकाले गरेको जनाए ।

पत्रकार एबम सगरमाथा आरोही कल्पनाले सगरमाथा आरोहणमा एकै दिन ,एकै महिना सगरमाथाको चुचुरोमा पाईला टेक्न सफलता हासिल गरेर नयाँ किर्तिमान राखेकी छिन् ।

ललितपुरकी चेली एबम पत्रकार कल्पना महर्जनले दोश्रो पटक विश्वको सर्बोच्च शिखर सगरमाथामा पाईला टेकेर ललितपुरबासी र राष्ट्रको नाम उच्च राख्न सफल भएकोमा यत्तिखेर ललितपुरबासी ,पत्रकार र आम नेपालीमा खुशि छाएको छ ।

 

 

प्रकाशित: समय: 2:21:01  828पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार