नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुपाल्चोक -काठमाडौ मञ्चको बृहत् रक्तदान कार्यक्रम सम्पन्न ,पूर्व कानुन मन्त्री एबम सांंसद शेरबहादुर तामाङ लगायत सम्मानित


श्याम तामाङ
तामाङपेज ,काठमाडौ ।
रक्तदान जीवनदान भन्ने नाराकासाथ नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुपाल्चोक – काठमाडौ सम्पर्क मन्चले नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली नेता अमृतकुमार बोहराको प्रमुख आतिथ्यमा रक्तदान तथा सम्मान समारोह सम्पन्न गरेको छ ।

प्रमुख अतिथी एबम प्रभावशाली नेता बोहराले नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य,प्रतिनिधि सभाका सांंसद एबम पूर्व कानुन मन्त्री शेरबहादुर तामाङलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा आदिवासी जनजाति महासङ्घ संगठन सह संयोजक ,पूर्व सभासद दावा तामाङ ,नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सचिव ,पूर्व वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लगायतका ब्यक्तित्वलाई युवा सङ्घको केन्द्रीय संयोजकको जिम्मेवारी प्राप्त गर्नु भएकोमा बधाई सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

युवा नेता ज्ञानसिंह वाईवा तामाङकानुसार १ सय २ जनाले रक्तदान गरेको कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुपाल्चोक – काठमाडौ सम्पर्क मञ्चका अध्यक्षध्यय ठूलोबाबु श्रेष्ठ र शिबहरी सापकोटाको सभाअध्यक्षतामा सम्पन्न भएको जनाएका छन् ।

प्रकाशित: समय: 17:08:54  755पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार