गोदावरी टौखेलमा महिला समाजसेवी सिर्जना सिलवालको नेतृत्वमा महिला भेला सम्पन्न


तामाङपेज संवाददाता ।
ललितपुर ।
गोदावरी नगरपालिका-३ टौखेल,लेलेन्थोक,आसपासका महिलाहरुको भेला महिला समाजसेवी सिर्जना सिलवालको नेतृत्वमा शुक्रबार सम्पन्न भएको छ ।

लामो समयदेखी दिनदुखिया,एकल महिला ,आर्थिक विपन्न भएका नागरिकहरुलाई सहयोग गरेर योगदान दिदै आउनु भएकी समाजसेवी सिलवालले स्थानीय महिलाहरुको सवालमा विभिन्न विषयमा सुझाव,छलफल ,अन्तरक्रिया गरेको बताईन।

ललितपुर जिल्ला,क्षेत्र न.१ प्रतिनिधि सभाका साम्सद नवराज सिलवालको धर्मपत्नी समेत रहनु भएकी समाजसेवी सिर्जना सिलवाल ,समाजसेवा जस्ता विभिन्न रचनात्मक कार्यमा अगाडी बढ्दै समाजमा सक्रियताकासाथ लागि पर्नु भएकी एक सामाजिक अभियन्ता समेत हुन् ।

सामाजिक अभियन्ता सिर्जना सिलवालको पहलमा हिउँदे याममा ललितपुर डुकुछापका दनुवार समुदाय,एकल महिला,जेष्ठ नागरिक ,बालबालिकाहरू न्यानो कपडा वितरण ,आगलागी पीडितलाई सहयोग जस्ता कार्यहरु सम्पन्न गरि महत्वपूर्ण योगदान दिलाएकी छिन् ।

सो महिला भेलामा विभिन्न तपतहका महिलाहरु ,महानगरीय प्रहरी प्रभाग बाडेगाउँ ,प्रहरी प्रमुख लगायत स्थानीय बासिन्दाको सहभागिता रहेको क्षेत्र न.१ ललितपुरका प्रतिनिधि सभाका साम्सद सिलवालको स्वकिय सचिव राजेन्द्र न्यौपानेले बताए ।

प्रकाशित: समय: 16:20:01  645पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार