तामाङपेज सम्बाददाता।
अल्झिएको साहित्य परिवारले एक वर्ष पूरा गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सब मनाएको छ। डिल्लीरमण पुस्तकालयको हल लाजिम्पाटमा आज दिउँसो ११:०० बजे देखि शुरु भएको कार्यक्रममा साहित्य परिवारले वार्षिकोत्सबकाे अवसरमा रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रमको पनि आयाेजना गरिएको थियो ।
साहित्य परिवार एक वर्ष अघि सीताराम खड्काको अध्यक्षतामा स्थापना भएको थियोे भने जेठ ११ गते शनिबार परिवारले ठीक एक वर्ष पार गरेको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाको नाम परिवर्तन गरी सारथि साहित्य प्रतिस्ठान राखिएको छ।
आयाेजित कार्यक्रममा डा. घनश्याम परिश्रमीले प्रमुख सम्बाेधन गर्नुभएको थियो । यसैगरी सह सम्बाेधनमा कला निधि दाहालले सम्बाेधन गर्दै साहित्य परिवारले तीन जना स्रष्टालाई पनि दोसल्ला ओढाइ सम्मान गरिएको थियोे। सम्मानित हुने स्रष्टाहरुमा गजलकार सजना वाईबा तामाङ “सन्ध्या”, गजलकार वसन्त वली “वसन्ती” र नारायण प्रसाद पाैड्याल हुनु हुन्थ्यो भने स्रष्टाहरुले आफ्नो मन्तब्वकै क्रममा गजल कविता वाचन बेजोडका साथ प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमले साहित्यकाे विकासमा टेवा पुर्याउने तथा साहित्यलाई उजागर गर्ने उदेश्यले आयाेजना गरिएको संस्थाका सचिव बासु सापकोटाले जानकारी दिए। कार्यक्रम संस्थाका उपाध्यक्ष रुकेश चौलागाईंको सभापतित्वमा संचालन भएको थियो