नेपाल तामाङ घेदुङ बहराइनको बुद्ध जयन्ति समारोह भब्य सम्पन्न


तामाङपेज संवाददाता ।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा शुक्रबार नेपाल तामाङ घेदुङ बहराइनले बुद्ध जयन्ति सम्बन्धी विविध कार्यक्रम मानमास्थित ओरेण्टल होटेल प्लाजामा सम्पन्न गरेको छ ।

नेपाल तामाङ घेदुङ बहराइनका अध्यक्ष महेन्द्र तामाङकानुसार बुद्ध जयन्तिको अवसरमा धार्मिक पूजापाठ,दीप प्रज्वलन,फ्रेङबा माला शशुल्क वितरण,प्रसाद ग्रहण ,म्हेन्दोमाया गीतका गायक रोम लामा ,आर.वी.लामाको प्रस्तुति सहित विभिन्न कार्यक्रम गरी मनाईएको र उक्त समारोहम घेदुङ बहराइनका पदाधिकारीहरु,सल्लाहकार ,आजीवन सदस्यहरु ,बौद्धमार्गीहरुको व्यापक सहभागी रहेको जनाएका छन् ।

तस्बिर श्रोत :
नेपाल तामाङ घेदुङ बहराइन
कुङ्गा लामा

प्रकाशित: समय: 13:07:25  514पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार