लिम्बू भाषा पठन पाठनको विद्यालय निर्माणका लागि कियाचु इजरायलयले रु.१ लाख सहयोग गर्यो


श्याम तामाङ
तामाङपेज ,काठमाडौ,नेपाल ।

मोरङ जिल्ला ,मिक्लाजुङ -४ स्थित सिरिजङ्ग आधारभुत विद्या लय( सिरिजङ्ग युक्सिङ निसामहिम)को भवन ,लिम्बू भाषा पठन ,पाठनको निमित्त निर्माण हुँदै गरेको विद्यालय भवनको लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।

बैशाख ३० गते किराँत याक्थुङ चुम्लुङ इजरायलले रु.१ लाख र कियाचु इजरायलका पूर्व अध्यक्ष ,सामाजिक अभियन्ता नयन इम्सोङ लिम्बूले ब्यक्तिगत सहयोग रु.१ लाख गरि आर्थिक सहयोग दुई लाख रुपैया मोरङका स्थानिय बुद्धिमान लिम्बूले किराँत याक्थुङ चुम्लुङ वडा समितिको नाममा राष्ट्रिय वाणिज्य बैक मधुमल्ला शाखा ,मोरङमा जम्मा गरेका छन् ।

भाषा जिवित रहेमात्र पहिचान जिवित रहन सक्छ भने झै मोरङ जिल्ला,मिक्लाजुङ-४ कै स्थानीय वासिन्दा हाल इजरायलय रहनु हुने किराँत याक्थुङ चुम्लुङ इजरायलका पूर्व अध्यक्ष नयन इम्सोङ लिम्बूको यो सामाजिक अभियान ज्यादै अतुलनीय छ ।

यो लिम्बू भाषा पठन पाठनको विद्यालय निर्माणको लागि मात्र सामाजिक अभियन्ता एबम कियाचु इजरायलका पूर्व अध्यक्ष नयन लिम्बुको मात्र अहिलेसम्म ब्यक्तिगत ठूलो आर्थिक सहयोग रकम रु.५ लाख ४१ रुपैया प्रदान गरेको छ भने यो ऎतिहासिक कार्यमा १ सय ४० जना दाताले आर्थिक सहयोग गरेकोमा हालसम्ममा कुल १६ लाख ३४ हजार ३ सय ६९ रुपैयाँमा केही दिन अघि कियाचु इजरायल र कियाचु इजरायलका पूर्व अध्यक्ष नयन इम्सोङ लिम्बुबाट एक/एक लाख गरि रु.२ लाख थप गर्दा १८ लाख ३४ हजार ३ सय ६९ रुपैयाँ आर्थिक सहयोग सङकलन भएको रेकर्डले देखाउँछ ।

नेपालको आदिवासी जनजाति समुदायमा नै किराँत याक्थुङ चुम्लुङ इजरायलले र सामाजिक अभियन्ता नयन इम्सोङ लिम्बुले चाल्नु भएको यो साहसिक कदम लिम्बू भाषाको पठन पाठनको लागि मोरङ मिक्लाजुङमा निर्माणधिन विद्यालय नै भाषिक नमुना विद्यालय बन्नेमा दुईमत छैन् । यस महान कार्यमा मोरङ जिल्लाका सङघिय ,प्रदेश ,स्थानीय सरकारले पनि आ.व सबैले साथ र सहयोग गर्न ,दिलाउन सकेमा नेपालकै नमु.०७६/०७७ को योजनामा विद्यालय निर्माणको लागि आर्थिक सहयोग दिलाउनु पर्ने देखिन्छ नै । यस महान कार्यमा बोलेर मात्र भन्दा पनि व्यवहारिक सहयोगको साथ पाउन,दिन सकेमा नेपालको आदिवासी जनजाति मध्ये यो मातृ भाषाको लिम्बू भाषाको एक नमुना विद्यालय बन्ने थियो कि?

प्रकाशित: समय: 11:46:04  1114पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार