काभ्रेका युवा गायक यम पाख्रीन तामाङ,म्युजिक भिडियोको तयारी गर्दै


तामाङपेज संवाददाता ।

काभ्रे । रोशी गाउँपालिका-११ भिमखोरीका हुन् युवा गायक यम पाख्रीन तामाङ ।

लामो समयदेखी मलेसियामा वैदेशिक रोजगारको सिलसिलामा बिताए पनि गायनलाई भने गुन गुनाई रहेतापनी सार्थक रुपमा रोजगारको कारणले अघि बढाउन सकेनन् ।

मलेसियाबाट नेपाल फर्केपछी केही महिना अघि सङ्गीत विशाल काल्तान,शब्द कुमार स्याङबाको रहेको खशु र्हाङ ( बादल जस्तो) भन्ने गीति एलबम नेपाली श्रोतामाझ ल्याएका छन् ।

संचार ,साङ्गीतिक क्षेत्रलाई नजिकबाट नियालेका गायक यम पाख्रीन तामाङले तामाङपेजसङ्गको कुराकानीमा जेनेरिङ स्टुडियो कमलपोखरीमा रेकर्ड गरिएको खशु र्हाङ भन्ने एलबमको छिट्टै म्युजिक भिडियो ल्याउने जानकारी दिनु भएको छ ।

प्रकाशित: समय: 10:23:43  771पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार