मृगौला पीडित उर्मिला तामाङको सहयोगार्थ जेष्ठ ३२ गते बाराही हल भक्तपुरमा तामाङ कथानक चलचित्र ल्हुई र्होको प्रदर्शन हुने


तामाङपेज संवाददाता ।
रामेछाप जिल्ला ,दोरम्बा गाउँपालिका -७ घट्टेखोलाकी दुबै मृगौला फेल भएकी उर्मिला तामाङको सहयोगार्थ कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्मित तामाङ कथानक चलचित्र ल्हुई र्हो को विशेष प्रदर्शनी ,छोर्वाला काई रेडियो गेताङ
(कार्यक्रम) भक्तपुरले आयोजना गर्ने भएको छ ।

संयोजक एबम संचारकर्मी सुदिन दोङकानुसार जेष्ठ ३२ गते दिनको ४ बजे ल्हुई र्हो नामक तामाङ कथानक चलचित्रको बाराही हल भक्तपुरमा विशेष च्यारिटी शो हुने जनाएका छन् ।
सोही दिन मृगौला पीडित उर्मिलालाई आर्थिक सहयोग रकम प्रदान गर्ने समेत भएको छ ।

प्रकाशित: समय: 8:57:01  748पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार