किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा सङकलित आर्थिक सहयोग पीडित कुलमानलाई प्रदान


श्याम तामाङ
तामाङपेज,काठमाडौ,नेपाल ।

इजरायलमा रहेका आदिवासी जनजाति मध्ये क्रियाशिल संस्थाको रुपमा विकसित हुँदै गएको किराँत याक्थुङ चुम्लुङ इजरायलका वरिष्ठ उपाध्यक्ष नुमा कङभा बखिम,जनम चेम्जोङ संयोजकत्वमा सङकलित आर्थिक सहयोग रकम शुक्रबार पीडितलाई प्रदान गरेको छ ।

किराँत याक्थुङ चुम्लुङ इजरायलकी वरिष्ठ उपाध्यक्ष नुमा काङभा बखिमको ममतामयी आमा ईन्द्रकुमारी काङभा बखिम र सचिव कन्चन काङभा बखिमका पुज्यनिय बुबा श्रीप्रसाद काङभा बखिमले वडाध्यक्ष सागर थुलुङ राईको उपस्थितिमा कियाचु इजरायलबाट सङकलन गरेको आर्थिक सहयोग रु.१ लाख ३५ हजार ७ सय रुपैयाँ आर्थिक अभाबकारण उपचारमा कठिनाई भोगेका कुलमान राईलाई प्रदान गर्नु भएको छ ।

आर्थिक अभाबकाकारण उपचारमा कठिनाई भएकाले आर्थिक सहयोग प्रदान गरिएको कियाचु इजरायलले जानकारी दिएका छन् ।

प्रकाशित: समय: 8:18:49  450पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार