श्याम ङेसुर तामाङ
तामाङपेज,काठमाडौ ।
काभ्रेकी चेली शर्मिला स्याङतान तामाङ ,यो पल्ट भने विश्वको अग्लो चुचुरो सगरमाथामा पाईला टेक्न सफल भएकी छिन् ।
“घोडा चढ्ने मान्छे लड्छ ,नचढ्ने रमितेलाई भने केही न केही भने झै” गत वर्ष सगरमाथाको शिखर पुग्ने ठूलो ईच्छा र आकाङ्क्षासाथ यात्रा गरेकी शर्मिलाले आफ्नो स्वास्थ्यमा खराबीका कारण बिच बाटोबाट नै फर्केकी थिईन्।
फर्के पछि विशेष गरि तामाङ समाजका केही चर्चित ब्यक्तित्वहरुले फेशबुक लाईभ देखि सामाजिक सन्जालमा तथानाम आरोही शर्मिला स्याङतान तामाङलाई गाली गरे ,यत्तिसम्मकी उनलाई समाजमा हिडन समेत मुस्किल भयो ।
तर शर्मिलाले हिक्मत नहारीकन आफ्नो यात्रालाई शुरुवात गरिन्। जस्को फलस्वरुप २०७६ साल जेठ ८ गते नेपाली समयनुसार बिहान ८:५५ मिनेट जाँदा आफ्नो शिरमा तामाङको पहिचान बोकेको टोपी,नेपालमा भगवान बुद्ध जन्मेको नारा अङकित ब्यानर राख्न सफल भइन्।
यी साहसिक चेली शर्मिला स्याङतान तामाङ, सगरमाथा आरोहणको क्रममा आन्तरिक आर्थिक ब्यवस्थापनको लागि तामाङ चलचित्र सङ्घका केन्द्रीय अध्यक्ष ,सामाजिक अभियन्ता,हाँस्यकलाकार,विकु थोकर तामाङ लगायतका सहयोगी हातहरुको ठूलो साथ रहेको छ ।
विगतमा शर्मिलालाई चरित्र हत्या गर्नेहरु भने यत्तिखेर गुमनाम नै रहेको छ भने गायब नै भएका छन् ।
स्याबास! काभ्रेकी चेली नेपाल र विश्वमा रहेका विशेष गरि आम तामाङ,आदिवासी जनजाति,महिला र नेपाली समाजमा असफलता नै सफलताको कसी हो भन्ने मर्मलाई मनमा लिएर ब्यवहारमा विश्वको अग्लो हिम शिखर,८ हजार ८ सय ४८ मिटरको उचाई रहेको सगरमाथामा पाईला टेक्नु भएकोमा हाम्रो तर्फबाट पनि हार्दिक बधाई ,सफल सगरमाथा आरोही शर्मिला स्याङतान तामाङलाई।