मालबाहक हेभी सवारी साधन आईतवारदेखि धापाखेल सडकखण्डमा प्रवेश निषेध


श्याम तामाङ
तामाङपेज ।

ललितपुर । ललितपुर महानगरपालिका-२४ धापाखेलका वडाअध्यक्ष दिनेश कार्कीद्वारा शुक्रबार हस्ताक्षरित सुचनानुसार च.न.१८३२ पत्र सङख्या ०७५/०७६ को सूचनामा ललितपुर महानगरपालिका धापाखेल सडकमा अत्याधिक सवारी चापकाकारण धेरै जाम हुने भएकोले जेष्ठ १२ गते देखि अर्को ब्यवस्था नभएसम्म मालबाहक हेभी सवारी साधन प्रवेशमा निषेध गर्ने सूचना सार्वजनिक गरेको छ ।

धापाखेलका वडाअध्यक्ष कार्कीकानुसार आईतबारदेखी बिहान ८ बजेदेखी ११ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुकी ८ बजेसम्म मालबाहक हेभी सवारी साधन प्रवेशमा निषेध गरेको जनाएका छन् ।

प्रकाशित: समय: 2:29:58  643पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार