लोथरदेखि सौराहासम्म स्थायी तटबन्ध निर्माण गरिदै :पूर्व अर्थमन्त्री


तामाङपेज संवाददाता ।

चितवन। राप्ती नगरपालिकाले शुक्रबार आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिताको उदघाटन गर्नु हुँदै नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिती सदस्य ,पूर्व अर्थ मन्त्री एबम प्रतिनिधि सभा साम्सद सुरेन्द्र पाण्डेले लोथरदेखी सौराहासम्म आर सि सि उच्च स्तरिय तटबन्ध निर्माणको प्रक्रिया अघि बढी सकेको छ ।

पूर्व अर्थमन्त्री एबम साम्सद पाण्डेले युरोपेली युनियनको लगभग नौ अरब आर्थिक सहयोगमा सो तटबन्ध निर्माण भै राप्ती क्षेत्र छिट्टै बाढी मुक्त हुने बताएका छन् ।

चितवनका संचारकर्मी राजेश रुम्बाकानुसार राप्ती नगरपालिकाका वडा अध्यक्षहरुले स्थानीय सरकार गठन भएको वर्षौ वित्दा पनि नगर खेलकुद समिती गठन नभएको,खेलकुद क्षेत्रमा लागेका युवाहरुको मागलाई सम्बोधन नगरेको,नगर प्रबक्ता तोक्न नसकेको,नगरपालिका नेतृत्वले तानाशाह प्रबृत्ती देखाएको प्रतियोगिताबारे केही जानकारी समेत प्राप्त नभएको भनेर कार्यक्रमस्थलमा नै आक्रोश पोखेका थिए ।

राप्ती नगरपालिकाका नगर प्रमुख प्रशासकिय अधिकृत मिठुराम हुमागाईले स्वागत गर्नु भएको थियो भने राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालको सभाअध्यक्षतामा सम्पन्न प्रतियोगितामा स्थानीय निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागितामा राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता संचालन भएको संयोजक एबम श्री भण्डारा माविका प्र.अ.भोजराज तिवारीले बताएका छन् ।

प्रकाशित: समय: 1:54:01  650पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार