मकवानपुर वरभन्ज्याङमा टासिदेछेन छ्योईलिङ गुम्बाको आयोजनामा असार २ गते दिनको १ बजे त्रिमुर्ति प्रतिमाको उदघाटन गर्नुहुने प्रमुख लामा पालसाङबज्र वाईवाद्वारा जानकारी


तामाङपेज संवाददाता ।

मकवानपुर जिल्ला,ऎतिहासिक मकवानपुर गढी गाउँपालिका-२ वरभन्ज्याङमा टासिदेछेन छ्योइलिङ्ग गुम्बा (गोन्पा)को आयोजनामा असार २ गते शाकाधावाको दिन, दिनको १ बजे त्रिमुर्तिको उदघाटन गर्ने भएको छ ।

नेपाल तामाङ लामा घेदुङको केन्द्रीय नेतृत्व गरी सक्नु भएका टासिदेछेन छ्योइलिङ गुम्बाका प्रमुख लामा पालसाङबज्र लामाकानुसार बिहान पूजापाठ,त्रिमुर्तिको प्राण प्रतिष्ठा(राब्ने) भोजन र दिनको १ बजे भब्य समारोहकाबीच त्रिमुर्तिको समुदघाटन हुने उक्त समारोहमा उपस्थितिको लागि बौद्ध धर्मलम्बिहरु ,ईच्छुक महानुभावहरुलाई आमन्त्रण गरिएको जानकारी गराएका छन् ।

प्रकाशित: समय: 13:44:28  613पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार