सबै नेपालीको मुख-मुखमा नाम छ कुलमान !


गजल

सबै नेपालीको मुख-मुखमा नाम छ कुलमान।

देश अनी जनताको सपूत सलाम छ कुलमान।।

हजुरले गरेको तिनै सबै कामलाई सलाम गर्दै,

गाउँ गाउँ बस्ति बस्तीमा धुमधाम छ कुलमान।

नेपालको पूर्ण लोड सेडिङ मुक्त गरे जस्तै,

अझै हजुरले गर्नु पर्ने काम तमाम छ कुलमान।

हामी साथमा छौ तपाईसंगै नपन्छिनु होला,

अझै भ्रष्ट्राचारी तह लाउने काम छ कुलमान।

 

रचना मोक्तान ” यात्री” काभ्रे

प्रकाशित: समय: 13:24:13  778पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार