तामाङपेज संवाददाता ।
ललितपुर जिल्ला,महाङकाल गाउँपालिका वडा नं.५ चन्दनपुरमा रहेको श्री कालेश्वरी आधारभूत विद्यालयले एक दिने नमुना विद्यालय अवलोकन भ्रमण कार्यक्रम बिहीबार सम्पन्न गरेको खबर प्राप्त भएको छ ।
विद्यालयका प्र.अ.रामसुन्दर केसिकानुसार विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु,शिक्षक,शिक्षिका,कर्मचारी र महाङकाल गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकारी सुरेन्द्ररमण पुरी ,शिक्षा शाखाका कर्मचारीहरुले काभ्रे धुलिखेलमा रहेको श्री सन्जीवनी मावि र भक्तपुरको श्री बागीश्वरी माविको अवलोकन भ्रमण गरी विद्यालय सन्चालन गर्ने तरिका ,विद्यालयको भित्री,बाहिरी वातावरण,शिक्षा सम्बन्धि सामग्री ,शिक्षासङ्ग सरोकारवालासङ्ग भेट गरी छोटो एक दिने अवलोकन भ्रमण फलदायी भएको जनाएका छन् ।