अन्तर्राष्ट्रिय तामाङ परिषदको पूर्वी एशिया क्षेत्रीय सम्मेलन जुन २२ तारिखमा थाईल्याण्डमा हुने


श्याम तामाङ
तामाङपेज ।

अन्तर्राष्ट्रिय तामाङ परिषदको पूर्वी एशिया क्षेत्रीय सम्मेलन सन् २०१९ को जुन २२ तारिखका दिन थाईल्याण्डमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय तामाङ परिषदका महासचिव एबम नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङकानुसार अन्तर्राष्ट्रिय तामाङ परिषदको पूर्वी एशिया क्षेत्रीय समन्वय समितिको गठन ,योजना तथा नीति निर्माण गर्न सम्मेलनको मिति तय गरेको सो सम्मेलनमा संस्थाका अध्यक्षहरु ,प्रतिनिधिहरुलाई पत्रचार गर्ने कार्य तिब्र रुपमा अगाडी बढेको जनाएका छन् ।

परिषदका महासचिव गोलेकानुसार सम्मेलनमा के ,कति जना प्रतिनिधि सहभागी हुने भन्नेबारेमा केही दिनपछी जानकारी दिने बताईएको छ । परिषदको चौथो सम्मेलन विश्वभरिका तामाङहरु एकजुट होऔ,तामाङ पहिचान र संस्कृति सम्बर्द्धन पारौं भन्ने मुलनाराकासाथ भारतको मिरिक ,दार्जीलिङमा गत मङ्सिर २८,२९ र पौष १ गते सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 7:49:59  992पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार