श्याम तामाङ
तामाङपेज,काठमाडौ ।
चितवन कालिका नगरपालिका-८ गैरीबारीका दुबै मृगौला पीडित भुवन बाँस्तोलाको उपचारका लागि श्री लगनशिल सामाजिक उद्यमी महिला साकोस र चिसापानी टोल विकास समितिले मृगौला पीडित वाँस्तोलाकी श्रीमती कुमारी बाँस्तोलालाई शुक्रबार गैरीबारीचोकमा आर्थिक सहयोग प्रदान गरेको छ ।
श्री लगनशिल सामाजिक उद्यमी महिला साकोसका अध्यक्ष छमिकुमारी राना मगरबाट संस्थाको तर्फबाट रु.५ हजार ५ रुपैयाँ र चिसापानी टोल विकास संस्थाबाट सङकलित रकम रु.१७ हजार १० रुपैयाँ गरि कुल २२ हजार १५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको चिसापानी टोल विकास संस्थाकी अध्यक्ष जुनु लामाले बताएकी छिन् ।
मृगौला पीडित बास्तोलाको उपचारको लागि आर्थिक अभाब भएपछी स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरुले आर्थिक सहयोग गर्दै आई रहेको छ ।