भारतको सिक्किम प्रान्तमा विधान सभाको चुनावमा सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट जित्यो,सिक्किमको मुख्यमन्त्रीमा पि.एस.गोले बन्ने निश्चित


श्याम तामाङ
तामाङपेज,काठमाडौ ,नेपाल ।

भारतको सिक्किम प्रान्तमा सम्पन्न विधान सभाको निर्वाचनमा पि.एस.गोले तामाङ अध्यक्ष रहेको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिटमध्ये १७ सिटमा विजयी हासिल गरेको छ ।
बिहीवारको मत परिणाम अनुसार सिक्किम विधान सभाको निर्वाचन कार्यालयले जित हासिल गरेको सिट सङ्ख्या सार्वजनिक गरेको हो ।

करिव २५ वर्ष देखि एक छत्र राज गरी राखेका वर्तमान मुख्यमन्त्री पवन चाम्लिङलाई भने अब सत्ता बाहिर राख्ने भएको छ । सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पि.एस.गोलेको नेतृत्वमा नव गठित सिक्किम सरकारको मुख्य मन्त्रीमा नेतृत्व सम्हाल्ने निश्चित भएको छ ।

वर्तमान मुख्यमन्त्री चाम्लिङ सत्ताबाट बाहिरिने भएपछी मोर्चाले जित हासिल गरेपछी सिक्किममा जनतामाझ नयाँ युगको प्रारम्भ भएको सिक्किमका बौद्धिक व्यक्तित्वहरुले टिप्पणी गरेका छन् ।
सिक्किमको विधान सभामा ३२ सिट रहेको छ ।

प्रकाशित: समय: 3:12:01  541पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार