नल्लुका युवा गायक दिनेश बल तामाङले म्हेन्दोलाई देख्यो ? दर्शक र श्रोतामाझ छिट्टै ल्याउने तयारी


तामाङपेज संवाददाता ।

ललितपुर जिल्ला,कोन्ज्योसोम गाउँपालिका-४ नल्लुका युवा गायक दिनेश बल तामाङले आफ्नै स्वर,सङ्गीत र शब्दमा तामाङ सेलोमा म्हेन्दोलाई देख्यो ? भन्ने कोशेली दर्शक र श्रोतामाझ केही महिना भित्रमा नै ल्याउने भएका छन् ।

छोटो समयमा नै गायनमा लागि परेका गायक दिनेशको यो गीत भने तेश्रो कोशेली हो । ललितपुर जिल्लाको दक्षिण पुर्बी क्षेत्रमा पर्ने ,हाल कोन्ज्योसोम गाउँपालिका -४ नल्लुमा विशेष गरि तामाङ जातिको अत्याधिक बसोबास रहेको छ । नल्लुमा आजभन्दा ३७ वर्ष अघि जन्मेका गायक दिनेश बल तामाङ ,गायनमा भने निरन्तर लागेको भखर ५ वर्ष पुगेको छ ।
गायक दिनेशले गायनलाई तामाङपेजसङ्गको कुराकानीको क्रममा ब्यवसायिक रुपमा अगाडि बढाउने आफ्नो ठूलो धोको रहेको बताए ।

प्रकाशित: समय: 13:28:54  664पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार