वाग्मती आधारभुत विद्यालयको तेश्रो अभिभावक दिवस उदघाटन तथा खायरघरी खोल्सा खानेपानी उपभोक्ता समितिको कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर वाग्मती – ४ प्युटारस्थित श्री वाग्मती आधारभूत विद्यालयको तेश्रो अभिभावक दिवस तथा खायरघारी खोरङ खोल्सा खानेपानी उपभोक्ता समितिले निर्माण गरेको खानेपानी ट्याङ्की ,धाराको एक समारोहबीच वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन तामाङले बिहीवार समुदघाटन गर्नु भएको छ ।

विद्यालय र उपभोक्ता समितिको संयुक्त समारोह गरिएको वाग्मती -४ का वडाअध्यक्ष नारायण बहादुर घलेले जानकारी दिए ।

ईन्फो नामक गैरसरकारी संस्थाको सहयोगमा रु.१७ लाख आर्थिक लागत र ७ लाख जनश्रमदान गरि कुल २० लाखमा योजना सम्पन्न भएको वडाअध्यक्ष घलेले बताए ।

विद्यालय र खानेपानी उपभोक्ता समितिको संयुक्त आयोजित समारोहमा इन्फो संस्थाका ईन्जिनियरहरु ,वडाका जनप्रतिनिधिहरु,वडाबासी ,अभिभावक ,शिक्षक,शिक्षिका ,विद्यार्थीहरुको उपस्थिति रहेका थिए ।

समारोहमा नेपाल तामाङ घेदुङ वाग्मती गाउँपालिका कमिटी अध्यक्ष श्याम लामा,श्री वाग्मती आधारभुत विद्यालयका अध्यक्ष हाजिरमान घिसिङ ,खायरघारी खोरङ खोल्सा खानेपानी उपभोक्ता समिति अध्यक्ष मिलन स्याङतान तामाङ लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 12:38:03  650पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार