ठूलादुर्लुङमा बेमौसमी तरकारी खेती तालिम सम्पन्न


श्याम तामाङ
तामाङपेज ।

ललितपुर जिल्ला ,महाङकाल गाउँपालिका -६ ठूलादुर्लुङमा घरेलु तथा साना उद्योग कार्यालय ललितपुरको सहयोगमा गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत सहयोगी संस्था नेपाल चापागाउँको आयोजनामा १२ दिने बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ ।

प्रशिक्षक रोशन सापकोटाकानुसार ,ठूलादुर्लुङ सिलिङ्गेमा संचालित तालिममा १८ जना महिलाहरुले प्रशिक्षण लिएको ,बेमौसमी तरकारी खेती गरी आर्थिक आय आर्जन गर्न तालिमले प्रशिक्षार्थीहरुलाई थप मद्धत मिल्ने बताए ।

प्रकाशित: समय: 11:13:24  822पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार