भद्रबन्दी गृह कारागारमा धार्मिक प्रवचन तथा जलपान समारोह


श्याम तामाङ
तामाङपेज ,काठमाडौ ।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा बौद्ध शिक्षा सामाजिक विकास केन्द्रको आयोजनामा भद्रबन्दी गृह कारागार ,त्रिपुरेश्वर ,काठमाडौमा शनिबार नेपाल बौद्ध महासङ्घका केन्द्रीय महासचिव ,बौद्ध धर्म गुरु एबम खेन्पो कमल भण्डारीको प्रमुख आतिथ्य ,अखिल नेपाल भिक्षु महासङ्घका केन्द्रीय प्रतिनिधि एबम सिद्धिमङ्गल बुद्ध विहारका प्रमुख बौद्ध धर्म गुरु भिक्षु विमल स्थवीरको विशेष आतिथ्यमा बुद्ध धर्म सम्बन्धि धार्मिक प्रवचन तथा जलपान समारोह सम्पन्न भएको छ ।

भगवान बुद्धको दर्शन र सिद्धान्त सम्बन्धि महासङ्घका महासचिव खेन्पो भण्डारी,भिक्षु स्थवीर ,प्रा.बौद्ध बिद्धान सुवर्ण शाक्यले धार्मिक प्रवचन तथा मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
आयोजक संस्थाको तर्फबाट महासचिव विजयरत्न तुलाधार ,जुजुभाई तुलाधर लगायतले कार्यक्रमबारे प्रकाश पारेका थिए ।

भद्रबन्दी गृह कारागार सुरक्षा प्रमुख डिएसपी प्रदीप भट्टराईले धार्मिक प्रवचन तथा जलपान समारोहमा १ सय १५ जना बन्दीहरुले सहभागिता जनाएको जानकारी गराएका छन् ।

समारोहमा बौद्ध धर्मगुरुहरु ,कारागार लेखा अधिकृत कुलप्रसाद रेग्मी,बौद्ध धर्मलम्बिहरु,कारागारका बन्दीहरु लगायत सहभागी भएको उक्त समारोहमा पूजापाठ ,धार्मिक प्रवचन ,जलपान गरि सम्पन्न भएको कारागारका सुरक्षा प्रमुख डिएसपी भट्टराईले जानकारी गराउनु भएको छ ।

बौद्ध शिक्षा तथा सामाजिक विकास केन्द्रले वार्षिक रुपमा प्रत्येक वर्ष बुद्ध जयन्तिको दिन धार्मिक प्रवचन र जलपान समारोह विगत १५ वर्ष देखि गर्दै आएको जानकारी दिएका छन्।

प्रकाशित: समय: 8:19:06  1447पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार