आङी समूह हङकङ तामाङ घेदुङले बुद्ध जयन्ति मनायो ,हङकङमा महिला ,बालबालिकाको व्यापक सहभागिता


श्याम तामाङ
तामाङपेज,काठमाडौ ।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा मे १९ तारिखका दिन आङी समूह हङकङ तामाङ घेदुङको आयोजनामा लुम्बिनी क्लब जोर्डन,हङकङमा बौद्ध धर्म गुरुको विशेष आतिथ्यमा पूजापाठ,छोक चढाउने ,गुरु दर्शन गरि सामुहिक भोजन गरेर बुद्ध जयन्ति समारोह भब्य रुपमा सम्पन्न भएको छ ।

आङी समूह हङकङ तामाङ घेदुङका प्रतिनिधिकानुसार बुद्ध जयन्ति समारोहमा विशेष गरि महिला दिदीबहिनी,बालबालिकाहरु उत्साह जनक सहभागिता र अन्य महानुभावहरुको उपस्थिति रहेको जनाएका छन् ।

प्रकाशित: समय: 7:07:25  701पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार