दिमिपोखरीमा नवनिर्मित विद्यालय भवनको पूर्व गृह राज्य मन्त्री एबम साम्सद श्यामकुमार श्रेष्ठद्वारा समुदघाटन


तामाङपेज संवाददाता ।

रामेछाप जिल्ला,सुनापति गाउँपालिका-२ दिमिपोखरीमा श्री माध्यमिक मन्दर मेल चौर माविको नवनिर्मित विद्यालय भवनको बुधबार एक भब्य समारोहकाबीच पूर्व गृह राज्य मन्त्री एबम प्रतिनिधि सभाका साम्सद श्यामकुमार श्रेष्ठले रीबन काटेर समुदघाटन गर्नु भएको छ ।

सो समारोहमा सुनापति गाउँपालिका अध्यक्ष धावा लामा,नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नम्बर तीनका प्रदेश सदस्य टङकलाल घिसिङ,सुनापति गाउँपालिका उपाध्यक्ष गीता बिष्ट,नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेत्री सुनिता गौतम ,जनप्रतिनिधिहरु ,अभिभावक ,शिक्षक ,शिक्षिकाहरु ,विद्यार्थीहरु र सरोकारवालाहरुको व्यापक सहभागिता रहेको समारोहमा विद्यार्थीहरुले नृत्य ,गीत समेत प्रस्तुत गरेका थिए ।

नवनिर्मित विद्यालय भवन समुदघाटन समारोह श्री माध्यमिक मन्दर मेल चौर मावि ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण योन्जन तामाङको सभाअध्यक्षतामा सम्पन्न भएको थियो।

तस्बिर:रामु ।

प्रकाशित: समय: 5:56:05  762पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार