श्याम तामाङ
तामाङपेज,काठमाडौ ।
अलैंची व्यवसायीहरुको जोडिएका समस्या,तेश्रोमुलुक निकास,अलैंची नीति ,अलैंची विकास बोर्ड गठन तथा बजार व्यवस्थापन सम्बन्धि समस्याहरुलाई नेपाल अलैंची व्यवसायी महासङ्घ ,केन्द्रीय कार्य समितिका अध्यक्ष राजकुमार कार्कीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आईतबार देखि हालसम्ममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव,कृषि मन्त्री चक्रपाणी खनाल ,गण्डकी प्रदेसका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ,नेपाली काङ्ग्रेसका प्रमुख सचेतक सरिता प्रसाईं ,बालकृष्ण खाड,नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता तथा प्रतिनिधि सभाका साम्सद योगेश भट्टराईलाई भेट गरि लिखित ज्ञापन पत्र र नेपालका आम अलैंची व्यवसायीको सवालमा आ.व.०७६/०७७ मा समेटनु पर्ने मागहरु राखेका छन् ।
नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,कृषि मन्त्रालय ,गण्डकी प्रदेश सरकार ,नेपाली काङ्ग्रेस पार्टी लगायतका सरोकारवाला निकाय,नेतृत्वहरु ,अलैंची व्यवसायीहरुको मागका सवालमा सकारात्मक रहेको नेपाल अलैंची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक अजय तामाङले बताए ।
नेपालमा अलैंची व्यवसायको लागि इलाम,लमजुङ ,कास्की ,काभ्रे,रसुवा,चितवन,काठमाडौ,धादिङ,गोरखा,पर्वत,ललितपुर, तनहुँ ,भक्तपुर,नुवाकोट ,खोटाङ,भोजपुर लगायतका जिल्लाहरु अलैंची व्यवसायको लागि उपर्युक्त जिल्ला रहेको छ भने नेपाल सरकारले अलैंची व्यवसायीहरुको मागको सम्बन्धमा सरकारी तवरबाट विशेष निति बनाउनु पर्ने देखिन्छ ।