तामाङपेज संवाददाता ।
ललितपुर जिल्ला ,वाग्मती गाउँपालिका वडा न.५ इकुडोल वडाका निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको दुई वर्ष पुगेर तीन वर्षमा प्रवेश गरेको अवसरमा बुधबार चियापान समारोहको आयोजना गरेको छ ।
वाग्मती -५ इकुडोलका वडाअध्यक्ष साजन दर्लामी मगरकानुसार वडा कार्यालयले आयोजना गरेको समारोहमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रतिनिधि ज्ञानेन्द्रप्रसाद गौतम ,नेपाली काङ्ग्रेसका प्रतिनिधि तुलसीप्रसाद संजेल,रुपानन्द घिमिरे,वाग्मती गाउँपालिका सूचना प्रविधि अधिकृत मिलन शर्मा ,पूर्व जनप्रतिनिधिहरु छेकुदोर्जे बम्जन ,लवाङदोर्जे बम्जन ,वडाका जनप्रतिनिधि ,माझखण्ड पर्यटन विकास समिति अध्यक्ष अर्थमान बम्जन ,वाग्मती-५ इकुडोल पूर्व वडा सचिव काशिप्रसाद दहाल,वडाका कर्मचारी ,शिक्षक ,शिक्षिका ,सरोकारवालाबीच समीक्षा ,अन्तरक्रिया ,छलफल समारोह पश्चात् चियापान समारोह गरेको जनाए ।
वडाअध्यक्ष दर्लामी मगरले केही सुझावहरु आएको ,जनताबाट आएका सर सल्लाह ,वडावासीको हितमा कार्य गर्दै अघि बढने बताए । स्थानिय तहको निर्वाचनमा दुई वर्ष अघि ललितपुर जिल्ला,वाग्मती -५ वडाअध्यक्ष साजन दर्लामी मगर,वडा सदस्यहरु तेजप्रसाद तिमल्सिना,पारस बजगाई,भीमकुमारी मोक्तान तामाङ,सरिता विश्वकर्मा निर्वाचित भएका थिए।
हाल वडा कार्यालयमा वडा सचिव रमेश तिमल्सिना र कार्यालय सहयोगीमा रेणुका थापा मगर गरि दुई जना कर्मचारी रहेका छन् ।