प्रथम सुनापती गाउँपालिका अध्यक्ष कप सम्पन्न


श्याम तामाङ
तामाङपेज ।

रामेछाप जिल्ला,सुनापती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा संचालित ४ दिने खेलकुद प्रतियोगी बुधबार पूर्व गृह राज्य मन्त्री एबम प्रतिनिधि सभाका साम्सद श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

गाउँपालिका स्तरिय प्रतियोगितामा १० टीमको सहभागिता रहेको विजयी टीमहरु क्रमश : प्रथम वरालधोग समाज ,द्धितिय दिमिपोखरी ,तृतिय एस एस क्लब ,सान्त्वना सुनापती -१ गुन्सीलाई शिल्ड ,प्रमाणपत्र ,नगद पुरस्कार ,खेलाडी ,उत्कृष्ट खेलाडी र टीमहरुलाई पूर्व गृह राज्य मन्त्री एबम साम्सद श्रेष्ठ,सुनापती गाउँपालिका अध्यक्ष धावा लामा,नेपाल रग्वी संगठनका केन्द्रीय अध्यक्ष एबम नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सदस्य टङकलाल घिसिङ र सुनापती गाउँपालिका उपाध्यक्ष गीता बिष्टले भब्य एक समारोहकाबीच प्रदान गर्नु भएको थियो।

गाउँपालिकाका वडाअध्यक्षहरु ,जनप्रतिनिधिहरु,कर्मचारीहरु ,खेलकुद प्रशिक्षकहरु,खेलाडीहरु ,स्थानीय वासिन्दाहरुको व्यापक सहभागिता रहेको सुनापती गाउँपालिकाका सूचना अधिकृत सन्तोष चौलागाईंले जनाएका छन् ।

प्रकाशित: समय: 17:20:30  795पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार