रसुवा चिलिमेका १० वर्षिय बालक दावाको उपचारको लागि आर्थिक सहयोग प्रदान


श्याम तामाङ
तामाङपेज सम्वाददाता ।

रसुवा जिल्ला,आमा छेदुङ गाउँपालिका -५ चिलिमेका १० वर्षिय बालक दावा तेन्जिङ थोकर तामाङ,मष्तिक सम्बन्धि रोगले सताएर शरीर नचल्ने अवस्था भएर आर्थिक अभावका कारण उपचार गर्न नसकेपछी बुधबार स्वयम्भू,काठमाडौंमा नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङको आतिथ्यमा सङ्घीय सचिव तथा विपत ब्यवस्थापन विभागका संयोजक रामकृष्ण ब्लोन लामाले रु.१ लाख ३ हजार ३ सय ७० रुपैया आर्थिक सहयोग रकम मष्तिक सम्बन्धि रोगले पीडित दावा तेन्जिङ थोकरलाई प्रदान गर्नु भएको छ ।

नेपाल तामाङ घेदुङ साइप्रसका अध्यक्ष साङमो थोकर तामाङको विशेष पहलमा साईप्रसमा रहनु हुने सहयोगीहरु क्रमश साङमो थोकर, केया लोप्चन ,छिरिङ छोमो,सीमा तामाङ,साङमो राना,मिङमार इवी,दावा बुट्टी,माया ग्याबा,डोल्मा लामा,तेन्जिङ बुट्टी ग्याबा,अस्मिता नेगी,कान्छीमाया,सिज्यो तामाङ,पासाङबुट्टी ग्याबा,सबिता घिसिङ ,सहारा लोप्चन,फुरी मोक्तान,रोजी मोक्तान,दावा योन्जन,सुनी तामाङबाट सङकलित रु.६२ हजार,नेपाल तामाङ घेदुङ विपत ब्यवस्थापन कोषबाट रु.३ हजार,छिरिङ तामाङले सान्जेन-रसुवागढी हाईड्रो कम्पनीमा कार्यरत कर्मचारीहरुबाट प्राप्त रु.३७ हजार ३ सय ७० रुपैया रकम गरि कुल १ लाख ३ हजार ३ सय ७० रुपैयाँ आर्थिक सहयोग रकम स्वयम्भूमा पीडितलाई प्रदान गरेको ह्याङला दोलखा तामाङ समाजका अध्यक्ष सरोजमोहन लामाले बताएका छन् ।

आर्थिक सहयोग रकम प्रदान समारोहमा अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा,नेपाल तामाङ घेदुङ सङ्घीय सदस्य रामभक्त बम्जन लगायतको उपस्थिती रहेको समाजका अध्यक्ष सरोजमोहन लामाले बताए।

प्रकाशित: समय: 16:04:41  998पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार