कविता


तामाङपेज काठमाडौंं एनिका तामाङ

कति चिसो
कति ठन्डा
तिम्रै छाँया
बिस्तारै बहेमा हावा
जोडले बहेमा आँधी

कति चन्चल यो हावा
वायु जस्तो
इन्द्रेणीलाई उडाउने
बादललाई रुवाउने
कता लान्छन् होला
इन्द्रेणीको छाँया  ?

सगरमाथाको शीर उचाल्न
मध्यरातमा सुसेल्न खोज्ने
तिम्रो कटाक्षपन
र तिमी प्रतिको नित्य उजाडपन
खै किन देख्दै नमीठो लाग्ने!
वीरताको सट्टामा बैैैराग
तिम्रो माया
खै मूल्यङ्कन गरेको ?
सीमा नाघेर उडायो भने
सगरमाथाको शीर उचाल्यो भने
हालत के होला?

प्रकाशित: समय: 13:19:52  1189पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार