मलेसियामा उधौली साकेला भब्यरुपमा मनाउने तयारी


क्वालालम्पुर,जेठ-८ किराँत राई यायोक्खा मलेसियाले मलेसिया स्थित ईपो र जेहोरमा साकेला ऊधौली मनाउने भएको छ ।

किराँत राईहरुको संस्कृति तथा परम्परा सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको यायोक्खाले जनाएको छ । यहि मे २६ तारिख ईपो राज्यको गुनुग लांग अबस्थित खुल्ला चौरमा र जुन २ तारिख जोहोरबारु स्थित बागुस सिटि होटेलमा कार्यक्रम हुने जनाईएको छ ।

उक्त कार्यक्रममा जोहोर स्थित गोर्खाली होटेलले साथै ईपो स्थित गाेर्खाली रेष्टुरेण्ट,देउराली फेन्सि एण्ड रेष्टुरेण्ट,सुम्निमा भाेजनालय,भान्सा घर,हलेसी रेष्टुरेण्टले प्रायोजन गर्ने भएको छ ।

प्रकाशित: समय: 11:44:18  677पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार