गोदावरीमा प्रथम पहरी जाति एकता सम्मेलन तथा प्रशिक्षण ,जेष्ठ १८ र १९ गते हुदै ,देशभरका ४१ जिल्लाका पहरी जातिको सहभागिता हुने


श्याम तामाङ
तामाङपेज ।

नेपाल पहरी विकास संघका केन्द्रीय अध्यक्ष ,नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय कोषाध्यक्ष एबम गोदावरी नगरपालिका -४ बडिखेलका वडाअध्यक्ष मुकुन्द पहरीले यही जेष्ठ १८ र १९ गते दुई दिने प्रथम पहरी जाति एकता सम्मेलन,गोदावरी नगरपालिकाको नगर सम्मेलन र प्रशिक्षण कार्यक्रम ललितपुर गोदावरी नगरपालिका-३ टौखेलस्थित गोदावरी पार्टी प्यालेसमा हुने जनाएका छन् ।

संघका केन्द्रीय अध्यक्ष पहरीकानुसार सम्मेलन र प्रशिक्षणमा देशभरका ४१ जिल्लाका पहरी जातिका प्रतिनिधिहरुको सहभागिता रहने जनाएको छ ।

प्रथम ऎतिहासिक पहरी जाति एकता सम्मेलनको झाँकी ,नगर परिक्रमा जेष्ठ १८ गते,बिहान ९ बजे गोदावरी ,टौखेलमा व्यापक जन सहभागितामा हुने समेत जनाएका छन् ।

प्रकाशित: समय: 9:01:14  4573पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार