श्याम तामाङ
तामाङपेज ।
काभ्रे जिल्ला,साविकको च्यासिङखर्क गाउँ विकास समिती -२ च्याल्टी हाल बेथानचोक गाउँपालिका-५ च्यासिङखर्क ,च्याल्टीका मनोजकुमार रुम्बा तामाङको विगत ६ वर्षदेखि दुवै मृगौला फेल भएर पीडित भएका छन् ।
वैदेशिक रोजगारको सिलसिलामा करिव साढे ४ वर्ष साउदी अरवमा बिताएका मनोजले त्यतिखेर कमाएको पैशा,साथि भाइ,सहयोगी दाताहरुले प्रदान गरेको रकम ,ॠण गरी ३० लाख भन्दा बढी उपचारमा खर्च भई सकेको मनोजकी श्रीमती सुकुमाया तामाङले रुदै बताईन ।
आफ्नो श्रीमान मनोजकुमार रुम्बालाई बचाउनको लागि भक्तपुर सूर्यविनायकमा कोठा भाडामा लिएर आफू ,श्रीमान र एक्लो छोरा बिधानकुमार रुम्बा तामाङ,डेरा गरी बसेको बताउदै ,आर्थिक अवस्था कमजोर छ ,अहिले पैसा नभएका कारण उपचार गर्न सकेको छैन बलिन्द्र आँसु झार्दै भनिन् ।
मनोज र सुकुमाया तामाङ दम्पत्तिका एक्लो छोरा वर्ष ११ को विधानकुमार रुम्बाले अङकल मेरो बुबालाई बचाउनको लागि आर्थिक सहयोग गरि दिनुहोस भन्दै बिधान पनि रोए ।
यता तिनै जनाको आँखामा आँसु भएपछी हामी पनि स्तब्ध भयौ । आर्थिक अभाबकाकारण यत्तिखेर दुबै मृगौला फेल भएर मृत्युसङ्ग लडदै आफ्नो जीवन यापन गर्दै आएका मृगौला पीडित मनोजकुमार रुम्बा तामाङलाई उपचारको लागि मोबाईल नम्बर ९८०३४-९२३२६ मा सम्पर्क गर्नु भएर सक्दो आर्थिक सहयोग प्रदान गरी मृगौला पीडित मनोजकुमार रुम्बा तामाङको उपचारको लागि सहयोग गरिदिनुहुन सबै सहयोगी दाताहरुमा ११ वर्षे छोरा विधानकुमार रुम्बा तामाङले आग्रह गरेका छन्