म्हेन्दोमाया समाज कतारले अगष्ट १६ तारिखमा दोश्रो म्हेन्दोमाया साँझको आयोजना गर्दै


तामाङपेज संवाददाता ।

म्हेन्दोमाया समाज कतार,तीन वर्ष अघि भाषा,धर्म ,लिपि ,भेषभुषा र संस्कार,संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान भन्ने नाराकासाथ स्थापित संस्था हो ।

म्हेन्दोमाया समाज कतारले आउँदो अगष्ट १६ तारिखका दिन बिहान १० बजेदेखि गल्फ प्याराडाइज होटल कतारमा नृत्य निर्देशक सिर्चेन तामाङ,सेलो गायक सुन्दर मोक्तान,म्हेन्दोमाया गायिका सीता लामा,म्हेन्दोमाया गायक आशिष गोङबा ,सेलो गायिका बबिता पाख्रीन,सेलो गायक कुमार ओख्रेली जस्ता कलाकारहरुको साथमा दोश्रो म्हेन्दोमाया साँझ -२०१९ को आयोजना गरेको छ ।

सो समारोहमा भाग लिनको लागि सम्पूर्ण कतारवासी दाजुभाई तथा दिदिबहिनिहरुसङ्ग अनुरोध समेत गरेका छन् ।
म्हेन्दोमाया तामाङ समाज कतार ,तामाङ समाज कतारको संरक्षकत्वमा संचालित एक सक्रिय संस्था हो ।

प्रकाशित: समय: 6:32:30  1014पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार