तमु समाज साइप्रसद्वारा दीप प्रज्वलन समारोह सम्पन्न,समाजले असल छिमेकी नेपाल र क्यान्सर पीडित सुनिता गुरुङलाई सहयोग प्रदान


श्याम तामाङ
तामाङपेज ।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा तमु समाज साइप्रसले साइप्रसको नेपाली भेटघाट रेष्टुरेन्ट लिमासोलमा तमु समाज साइप्रसकी अध्यक्ष कृष्णा गुरुङ,महासचिव अप्सरा गुरुङ लगायतले दीप प्रज्वलन गरेर,केक काटेर आइतबार बुद्ध जयन्ति समारोह मनाएको छ ।

तमु समाज साइप्रसका पदाधिकारीहरुको सहभागितामा विश्वमा शान्ति र समाज सुधार,समस्त प्राणि जगतको उद्धारको लागि बुद्ध जयन्तिको अवसरमा साइप्रसमा रहनु भएका तमु गुरुङ समुदायले दीप प्रज्वलन गरेर कामना गरेको तमु समाज साइप्रसकी कोषाध्यक्ष प्रीया गुरुङले जानकारी दिनु हुँदै बुद्ध जयन्ति समारोहमा उठेको रकम असल छिमेकी नेपाल संस्थालाई रु.१७ हजार ५ सय प्रदान गरेको र क्यान्सर पीडित सुनिता गुरुङलाई उपचारको लागि रु.१७ हजार ५ सय रकम नेपाल पठाई सकेको केही दिनमा नै क्यान्सर पीडित गुरुङलाई सहयोग रकम प्रदान गर्ने जनाईन।

तमु समाज साइप्रसले विभिन्न गतिविधिहरु स्थापना काल देखि गर्दै आएको संस्थाका प्रतिनिधि रेखा तमुले जानकारी दिएकी छिन् ।

प्रकाशित: समय: 5:16:10  912पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार