मकवानपुरको खडपुमा श्री महाचुनी माविको नवनिर्मित भवनको पूर्व अर्थ मन्त्री एबम प्रतिनिधि सभाका साम्सद सुरेन्द्र पाण्डेद्वारा समुदघाटन ,भवन प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा निर्मित


श्याम तामाङ
तामाङपेज संवाददाता ।

मकवानपुर जिल्ला,ईन्द्रसरोवर गाउँपालिका-५ खडवुमा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा नवनिर्मित दुई वटा श्री महाचुनी माविको भवन मंगलबार एक समारोहकाबीच पूर्व अर्थ मन्त्री एबम प्रतिनिधि सभाका साम्सद सुरेन्द्र पाण्डेले समुदघाटन गर्नु भएको छ ।

विद्यालयको ५९ औं वार्षिक अभिभावक दिवस तथा नवनिर्मित भवन समुदघाटन समारोहमा पूर्व अर्थ मन्त्री एबम प्रतिनिधि सभा साम्सद सुरेन्द्र पाण्डे,प्रतिनिधि सभा साम्सद विरोध खतिवडा,इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा,अखिल नेपाल महिला संघ,महासचिव पूर्णशोभा चित्रकार ,नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ ,केन्द्रीय सचिव रामचन्द्र बल ,प्लान इन्टरनेसनल नेपाल कार्यक्रम संयोजक दीपेन्द्रसिह सामन्त,राडो नेपाल मकवानपुर प्रमुख कृष्ण धिताल,शिखरापुर फर्पिङ क्याम्पस प्रमुख निरोज श्रेष्ठ ,श्री महाचुनी मावि प्र.अ.शान्तलाल लामा,नेपाल पत्रकार महासङ्घ काठमाडौ अध्यक्ष शान्तराम बिडारी लगायतले विद्यालयको अवस्था ,प्रगती ,आगामी दिनमा गर्नुपर्ने सहयोग ,योजनाको सवालमा चर्चा ,परिचर्चा गर्नु भएको थियो ।

स्थानीय सन्चारकर्मी पुष्कल गोले तामाङ र मन्जरी बलामीले सन्चालन गर्नु भएको समारोहमा अभिभावक,विद्यार्थी ,शिक्षक,शिक्षिका,सरोकारवालाहरु,स्थानीय जनप्रतिनिधिहरुको व्यापक सहभागित रहेको समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इन्द्रसरोवर गाउँपालिका -५ खडवुका वडाअध्यक्ष धनराज महर्जनको सभाअध्यक्षतामा सम्पन्न भएको ,उक्त श्री महाचुनी माविमा शिशु देखि कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ ।

प्रकाशित: समय: 3:26:30  682पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार