चितवनका साहित्यकार ,पत्रकार एबम सामाजिक अभियन्ता राजेश व्यवसायतिर…..


चितवन । मलाई यत्तिमात्र थाहा छ कि आफू सङ्ग जे छ त्यसैमा सन्तुष्ट हुन सकौ,दीन दुखियाहरुलाई सहयोग गर्न सकुँ भन्ने स्टाटस ,सामाजिक सन्जालको सेरोफेरोमा तपाईं सो ब्यक्तिसङ्ग फेशबुक सामाजिक सन्जालमा मित्रता हुनु भयो भने चितवनका एक युवा साहित्यकार,पत्रकार ,सामाजिक अभियन्ता एबम युवा व्यवसायी राजेश रुम्बासङ्ग मित्रता गाँस्नु भएपछी सामाजिक सन्जालको त्यो भित्तामा पढ्न र हेर्न सक्नु हुनेछ ।

वि.सं.२०४१ जेष्ठ ३ गते पिता आईतराम रुम्बा र आमा बुद्धिकुमारी नेगी तामाङको सुपुत्रको रुपमा मकवानपुर जिल्ला ,साविकको खैराङ गाउँ विकास समिति वडा नं.३ मा राजेश रुम्बा तामाङ जन्मेका थिए ।

सानैदेखि अध्ययन ,कला,साहित्य ,हर क्षेत्रमा केही न केही गरौ भन्ने भावले पोख्त राजेश रुम्बा ,शालिन ,चनाखो स्वभावको गूण बाल्यपनमा नै थियो ।

जब अध्ययन गर्दै गएपछी स्वदेशमा रोजगार नपाएपछी बिदेश जाने ,रोजगारीमा लागेर आर्थिक जोहो गर्ने हिसाबले कतारमा वैदेशिक रोजगारको सिलसिलामा वैदेशिक रोजगारमा लागेका राजेश रुम्बाले प्रवासमा पनि धेरै मिहिनेत गरेर अनुभव संगालेका थिए ।

यस पङतिकारसङ्ग सामाजिक सन्जालको माध्यमबाट करिब- करिब ८/९ वर्ष अघिदेखी नजिकिएका राजेश रुम्बा तामाङसङ्गको सामिप्यता भने वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहदा राजेशले बबरमहल बमकाण्डमा परि निधन हुनुभएका धादिङ बैरेनीका कृष्णबहादुर डिम्डुङ ,बिरबहादुर तामाङ र धादिङ पीडा गाउँमा जन्म भै बारा रतनपुरमा बसोबास गर्दै आएका मानबहादुर तामाङ ,जो बबरमहल बमकाण्डमा निधन भएका थिए ।

जस्लाई तत्कालिन सरकारले आतङकारी घोषणा गरेपछी यस पङतिकार,सामाजिक अभियन्ता एबम त्यो बेला नेपाल तामाङ राष्ट्रिय महासङ्घको केन्द्रीय महासचिव समेत रहेको बेला तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई ,गृह मन्त्री विजयकुमार गच्छदार ,अर्थ मन्त्री वर्षमान पुनलाई सिंहदरबारमा प्रत्यक्ष भेट गरि निज बबरमहल बमकाण्डमा निधन भएका ती तिनै जना सर्वसाधारण तामाङ जनता रहेको राज्यले विभेद गर्न नहुने भनेर नेपाल सरकारले आतङकारीको बिल्लाबाट हटाएर उचित क्षतिपूर्ति ,गाँस ,बास,कपास,रोजगारीको ग्यारेन्टी गर्नु पर्ने भनेर ४ महिने आन्दोलन गरेर नागरिक समाज ,बिदेशमा रहनु भएका सहयोगी दाताहरुलाई हार गुहार गरेपछी संकलित आर्थिक सहयोग ,खाध्य सामग्री लगायत बबरमहल बमकाण्डका पीडित ती तामाङ परिवारलाई राहत दिलाउने क्रममा कतारमा रहनु भएका राजेश रुम्बाले पनि रु.२ हजार ५ सय रुपैया त्यो बेला आर्थिक सहयोग गरेर सहकार्य गर्दै ,यस पङतिकारसङ्ग नजिकिएका थिए ।

धादिङका ती बबरमहल बमकाण्डका पीडित परिवारहरुलाई तत्कालिन जिल्ला प्रसाशन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले,डिएस्पी हाल एस एस पि डा.गणेश रेग्मी लगायत नागरिक अगुवा ,पत्रकारहरुको रोहवरमा प्रति परिवार क्षतिपुर्ती स्वरुप तीन जना पीडित परिवारहरुलाई १०/१० लाख नेपाल सरकारबाट धादिङबेसी ,सिडिओ कार्यालयमा प्रदान गरिएको थियो ।

त्यही बबरमहल बमकाण्डका पीडितहरुलाई राहत दिलाउने क्रममा नजिकिएका चितवन वीरेन्द्र नगर घर भै कतार रहनु भएका तिनै राजेश रुम्बा ,नेपालबाट प्रकाशित हुने पत्रपत्रिका छार गोङमा ,तामाङ डाजाङ ,छ्योर्तेन लगायतका पत्रपत्रिकामा गजल ,कविता ,मुक्तक कोरेर पठाउने गरेका थिए । लेख रचना पनि पठाउदै आफूलाई फरकपन दिलाएका थिए राजेश रुम्बाले ।

त्यस्पस्चात प्रवासबाट स्वदेश फर्केपछि आफूले प्रवासमा भोगेका तिता मीठा अनुभुतिहरुलाई समेटेर तयार पारिएको एक साहित्यिक कोशेली अतृप्त रहर नामक कृतिको विमोचनका लागि श्याम अस्याङ मलाई तपाईले सहयोग गरि दिनु पर्यो काठमाडौको सुन्धारामा ……. दिनमा मेरो कृतिको विमोचन गर्न प्रमुख अतिथिको व्यवस्था तपाईले गरि दिनु पर्यो मैले … फलानोलाई भनेको थिए ,उहाँले मलाई निधो दिनु भएन भनेपछी मैले राष्ट्रिय गानका रचनाकार ब्याकुल माईला (प्रदीपकुमार राई) लाई फोन गरे ,उहाँले एक्कै पटक हुन्छ भन्नू भयो ,म भने साहित्यकार ,पत्रकार ,सामाजिक अभियन्ता तिनै राजेश रुम्बाले लेख्नु भएको अतृप्त रहर कृतिको विमोचनमा उपस्थित हुन सकेन ।

हाम्रो भेटघाट खासै बाक्लो थिएन तापनी सामाजिक सन्जाल फेशबुक र टेलिफोन सम्पर्क भने बेला बखतमा हुने गर्दथ्यो । त्यस्पछी देशमा २०७२ बैशाख १२ गते गएको महाभुकम्पले देशमा धन ,जनको अकल्पनीय क्षति भयो ।

त्यतिबेला सम्ममा चितवन वीरेन्द्रनगर बस्नुहुने साहित्यकार राजेश रुम्बा ,संचार ,साहित्य ,सामाजिक क्षेत्र हुँदै विभिन्न व्यवसायमा उठबस गरि तिता मीठा अनुभव संङगाली सकेका थिए ।

भुकम्पबाट पीडित जो घरबार बिहिन भएकाहरुलाई रेडिमेड टहरा ,घर निर्माण कम शुल्क ,सुलभ मूल्यमा निर्माण गर्ने लक्ष्यकासाथ आफ्नै लगानीमा राजेश रुम्बाले चितवन राप्ती नगरपालिका हर्दीचोक भण्डारामा तामाङ ब्लक एण्ड रेलिङ्ग उद्योग,खानाको भान्छाघर जस्ता व्यवसायमा लगानी गरेर व्यवसायतर्फ लागि परेका राजेश रुम्बाले संचालन गर्नु भएको उद्योगले विशेष त फड्को मार्यो ग्राहकको मन जित्न सफल भयो ।

जुन उद्योगमा एक्कै दिन रेडिमेड घर,गोठ,टहरा ,कुखुरा,बाख्राको खोर बनाउन मिल्ने ब्लक ,रिङ्ग ,बार,पोल,ढुङ्गा,गिटि,बालुवा इत्यादी सबै सहज मूल्यमा पाईने र निर्माण समेत गरि सयौ ग्राहकको मन जित्न सफल भएका थिए – व्यवसायी राजेश रुम्बा ।

ग्राहकको चापलाई धान्न नसकेपछी युवा व्यवसायी राजेश रुम्बा र केही आफन्तजन ,साथिभाई र कर्मचारी राखेर हाल मकवानपुर जिल्ला ,चौघडा (कुमलटार)मा समेत तामाङ ब्लक एण्ड रेलिङ्ग उद्योगको शाखा कार्यालय स्थापना गरि सफल एक युवा व्यवसायी बनेर दर्जनौ युवाहरुलाई स्वदेशमा नै रोजगार दिलाई सफल व्यवसायी बनेका छन् यत्तिखेर राजेश रुम्बा ।

आफ्नो व्यवसायको खातिर समाजसेवा,साहित्य ,जातिय सवाल ,धर्म कर्म ,संचार क्षेत्रमा निरन्तर लागि पर्नु भएका एक साहित्यकार ,पत्रकार ,व्यवसायी ,सामाजिक अभियन्ता राजेश रुम्बा ,चितवन,मकवानपुरमा मात्र नभै स्वदेशमा नै कामले चर्चामा आएका छन् ।

हाल तामाङ चौतारी समूह,नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ,तामाङ पत्रकार संघ ,तामाङ डाजाङ,साङघ छेवाङ टासी बौद्ध गुम्बा ,राष्ट्रिय तामाङ रुम्बा घेदुङ समाज,लायन्स क्लब जस्ता सामाजिक ,जातिय संघसंस्थामा आवद्ध भै अगाडी बढनु भएका एक युवा जो उमेरले ३५ औं बसन्तको सेरोफेरोमा लागि परेका चितवनका साहित्यकार ,पत्रकार ,सामाजिक अभियन्ता एबम युवा व्यवसायी राजेश रुम्बा ,तामाङ ब्लक एण्ड रेलिङ्ग उद्योगको स्थापना ,आफ्नै उद्योगको क्यालेण्डर प्रकाशन,निरन्तरता ,ग्राहकको मन जित्न सफल भएका कारण नेपालको तामाङ ,आदिवासी जनजाती समुदायमा मात्र नभै नेपालको युवा जगतमा नै एक सफल युवा व्यवसायीको हैसियत कायम गर्न सफल हुनु भएको छ ।

युवा व्यसायी ,साहित्यकार ,पत्रकार एबम सामाजिक अभियन्ता रुम्बालाई नेपाल सरकारले सम्मान नगरे पनि दर्जनौ संघ संस्थाहरुबाट भने सम्मान, कदर पत्रबाट विभुषित हुनु भएको छ ।

प्रकाशित: समय: 1:53:22  943पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार